रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निशुल्क आँखा परीक्षण



१६ असार, रामेछाप ।

कारागार कार्यालय रामेछापमा रहेका १२१ जना कैदी बन्दीको निशुल्क आँखा परीक्षण गरिएको छ । दुई दिन सञ्चालन गरिएको शिविरमा कैदी बन्दीले आँखा परीक्षण गराएका हुन् । जिल्ला सामुदायिक आखा केन्द्र मन्थलीको पहलमा कैदी बन्दीको आँखा परीक्षण गरिएको सिनियर आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले जानकारी दिए । उनका अनुसार कैदी बन्दीमा आँखा चिलाउने , आँखा पाक्ने , मोतीबिन्दु, जलबिन्दु र मासु पलाएको समस्या देखिएको नेत्र सहायक उमेश तमाङले बताए ।


रासम सदस्य जय मानन्धरले कैदी बन्दिका आफन्त टाढा टाढा हुने हुँदा पनि समस्या धेरै देखिएको बताए । कारागार कार्यालय रामेछापका प्रमुख रामकृष्ण घिमिरेले कैद भुक्तानपछि समाजमा समायोजन र आयआर्जनको लागि सिपमुलक तालिम उपलब्ध गराइएको जानकारी दिए ।
त्यसैगरी शिविरमा कारागार कार्यालयमा कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मिको पनि निशुल्क आँखा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्