रामेछापमा बालिका बलत्कृत घटनाः जबरजस्तीकरणी भएको अस्पतालको रिपोर्ट



१६ असार, रामेछाप ।
रामेछापमा एक बालिकामाथि जबरजस्तीकरणी भएको अस्पतालको रिपोर्टले देखाएको छ । बालिकामाथि जबरजस्तीकरणी भएको आरोपमा प्रहरीले रामेछाप नगरपालिका–४ हिमगंगामा सुन्तलेटारका ६२ श्याम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घिमिरेले नै जबरजस्तीकरणी गरेको हो कि होइन भन्ने पुष्टि गर्नको लागि प्रहरीले पीडित र पीडक दुवै जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइसकेको छ ।

मन्थली अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा जबरजस्तीकरणी भएको रिपोर्ट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक अधिकृतले रामेछाप न्युजलाई बताए । उनका अनुसार स्वाबको रिपोर्ट आएपछि मात्र घिमिरेले जबरजस्तीकरण गरेको हो होइन भन्ने टुंगो लाग्नेछ । उक्त स्वाबको रिपोर्टको आधारमा प्रहरीले घिमिरेमाथि कारवाहीको लागि मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्