सुनापति गाउँपालिकाले पाँच वटै वडा जोडने चक्रपथ निर्माण गर्ने



१६ असार, रामेछाप ।
सुनापति गाउँपालिकाले पाँच वटै वडा जोडने चक्रपथ निर्माण गर्ने भएको छ । सुनापति गाउँपालिको अघि सारेका नीति तथा कार्यक्रममा पालिकालाई जोडने चक्रपथ निर्माण गर्ने घोषणा गरेको हो ।

पाँच वटैको टोलटोलमा सडक सञ्जाल विस्तार भएपनि वडा नम्बर १ गुन्सी र वडा नम्बर २ दिमीपोखरी सिधा सडकले जोडिएको छैन् । वडा नम्बर ५ खनियापानी, वडा नम्बर ४ बेथान र वडा नम्बर १ गुन्सीलाई मध्य पहाडी लोकमार्गले जोडेको छ ।

बेथानको खानीखोलाबाट वडा नम्बर ३ हिलेदेवी पनि मध्यपहाडी लोकमार्गबाट सहायक मार्गले जोडिएको छ । अब गुन्सीबाट वडा नम्बर २ दिमीपोखरी वडा नम्बर ३ हिलेदेवी र वडा नम्बर ५ को माथिल्लो क्षेत्रलाई जोडेर चक्रपथ निर्माणको अवधारणा अघि सारिएको छ ।

सुनापति गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत कमलराज श्रेष्ठले पालिकाभित्रको सडकलाई व्यवस्थित बनाउनका लागि हेरालुको समेत व्यवस्था गरिने बताए । उनका अनुसार पालिकाभित्रको प्रमुख सडकलाई स्तरउन्नती मार्फत व्यवस्थित गर्ने योजना अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्