कांग्रेसका उपभापति गुरुङ सवार गाडी रामेछापमा दुर्घटना, गुरुङले दिए भगवानलाई धन्यवाद



१६ असार, रामेछाप ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ सवारी दुर्घटना भएको छ । ओखलढुंगाबाट रामेछाप हुँदै काठमाडौ फर्कने क्रममा गुरुङ सावर बा १९ च १८३९ नं को उक्त गाडि रामेछाप नगरपालिका–१ गोठगाउँको गाेगनेमा दुर्घटना दुर्घटनना भएको हो । तर दुर्घटना भएपनि सबै जना सकुशल रहेका छन् । गुरुङसँगै उक्त गाडीमा सबार सबै जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरकिा अुनसार अचानक चिप्लिएर दुर्घटना भएको गाडी ठूलो ढुंगाको कारण अडकिएको थियो ।

गुरुले आफ्नो ट्वीटरमा स्कर्पियो सडक किनाराबाट तल गएको र अगाडि ढुङ्गो ओत लागेकाले दुर्घटनाबाट जोगिएको उल्लेख गरेका छन् । गाडिमा सबार आफु सहित सबैजना सकुसल रहेको जनाउँदै उनले त्यसका लागि भगवानलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्