अपडेटः रामेछापमा यात्रु बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते, गम्भीर घाइतेलाई हेलिकोप्टरबाट लैजादै



२१ असार, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा यात्रु बस दुर्घटना हुँदा नौ जनाको निधन भएको छ । दुर्घटनामा परी २१ भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौं तर्फ जादै गरेको वस लुभुघाटमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुर्घटनामा परी ९ जनाको दुर्घटनास्थलमै मृत्यु भएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्