रामेछापको लुभुघाटमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २५ जना घाइते,खोजी कार्य अझै जारी (फोटोफिचर)



२१ असार, रामेछाप ।
रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा परी ९ जनाको निधन भएको छ । बा ३ ख ८३९६ नम्बरकाे गाडी दुर्घटना हुँदा  २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले मृतकको सनाखत हुन बाँकी रहको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार गम्भीर घाइते तीन जनालाई हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ । दुर्घटनाग्रस्त गाडी सडकको भित्तामा रहेको बताउदै उनले  जेसेभी ल्याएर थप खोजी कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्