लुभुघाट बस दुर्घटनाः घाइतेको उद्धार गर्न लागेको खर्च सुनापति गाउँपालिकाले बेहोर्ने



२१ असार, रामेछाप ।
सुनापति गाउँपालिका–५ खनियापानीमा आज बस दुर्घटनामा परी घाइते भएकाहरको उद्धारका लागि लाग्ने सबै खर्च सुनापति गाउँपालिकाले बेहोर्ने भएको छ । घाइतेलाई उद्धार गर्नको लागि प्रयोग गरिएको हेलिकोप्टर र एम्बुलेन्सको खर्च पालिकाले बेहोर्ने भएको हो । सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले स्वयंम घाइतेहरुको उपचारको अवस्थाको बुझ्न अस्तापलमा पुगेका छन् ।

उनले अस्पतालमा पुगेर घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन आग्रह समेत गरेका छन् । अध्यक्ष तामाङले आज घाइतेहरु रहेको धुलिखेल अस्पताल र विएडबी अस्पतालमा पुगेर घाइतेको अवस्था बुझेका छन् । घाइतेहरुको उपचारको लागि अरनिको समितिसँग पनि कुराकानी भइरहेको बताउदै अध्यक्ष तामाङले रामेछाप न्युजसँग भने,‘आज घाइतेहरुको उद्धारमा प्रयोग गरिएको हेलिकोप्टरको खर्च पालिकाले बेर्होछ ।’
उनले पालिकामा निकै ठूलो दुर्घटना भएको बताउदै यस शोकको घडीमा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनले घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्