बस दुर्घटनाको घटनाप्रति माओवादी केन्द्र सुनापतिद्धारा दुःख व्यक्त



२१ असार, रामेछाप ।
सुनापति गाउँपालिका–५ लुभुघाटमा आज भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएकोप्रति नेकपा माओवादी सुनापति गाउँ कमिटीले गहिरो दुःख व्यक्त गरेको छ ।

माओवादीले पालिकावासीको लागि निकै ठूलो क्षति भएको बताउदै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । गाउँ कमिटीका अध्यक्ष बिबी तामाङ र सचिव रामकृष्ण घिसिङद्धारा संयुक्त रुपमा जारी गरिएको शोक विज्ञप्तीमा मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको उपचार गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्