अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा



२२ असार, रामेछाप ।
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका छन् ।

जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो । चौथर्फी दबाब परेपछि आज उनले पदबाट राजीनामा दिएका छन् । उक्त घटनाको सीसीटिभीको फुटेल डिलेट भएपछि शर्मामाथि झन प्रश्न उठेको थियो । सो विषयमा छानबिन गर्न आज बसेको संसद बैठकले ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्