लुभुघाट बस दुर्घटनामा निधन भएका परिवारलाई सुनापति गाउँपालिकाद्धारा ३० हजार आर्थिक सहयोग गर्ने निर्णय



२२ असार, रामेछाप ।
सुनापति गाउँपालिका–५ लुभुघाटमा हिजो बस दुर्घटनामा परी निधन भएका पालिकाभित्रका मृतकका परिवारलाई सुनापति गाउँपालिकाले तीस हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । आज गाउँपालिकाको केन्द्र हिलदेवीमा बसेको बैठकले मृतक परिवारलाई जनही ३० हजार रुपैयाँका दरले दाहसंस्कार खर्च उपलब्ध गराउने भएको हो ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले पालिकालाई अपुरणिय क्षति भएको बताउदै दुःखको यस घडीमा मृतकका परिवारलाई तीस हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको रामेछाप न्युजलाई बताए । उनले अस्पतालमा उपचारत घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिने गरी आफूहरुले समन्वयकारी भूमिका समेत निर्वाह गरिरहेको बताए । अध्यक्ष तामाङले दुर्घटनापछिको उद्धारमा लागेको खर्च पनि पालिकाले बेहोर्ने निर्णय गरेको जानकारी दिए ।

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले लुभुघाट घटनाबाट पाठ सिकेर पालिकाभित्रका चालकहरुलाई सावधानी अनाएर मात्र सवारी चलाउनु पर्ने बताए । उनले भने,‘पालिकाको लागि ठूलो क्षति भएको छ, कतिपय अवस्थामा चालक जिम्मेवार बन्दा मात्र ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिन्छ ।’ श्रेष्ठले यातायात समितिबाट मृतक परिवारले पाउने क्षतिपूर्ति र घाइतेले पाउने उपचार सेवा छिटो भन्दा छिटो उपलब्ध गराउन पहल र अनुगमन गरिने बताए ।

गलबार सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ३ ख ८३९६ नंम्बरको बस खनियापानी लुभुघाटमा दुर्घटना १३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्