काठमाडौंंमा दिनडाहडै चोरी गर्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका २ जना पक्राउ



२२ असार, काठमाडौं ।

काठमाडौं । काठमाडौं उपत्यकाभित्र दिनको समयमा घरमा मानिस नभएको मौका पारी चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं बस्दै आएका ४७ वर्षीय अमित बहादुर श्रेष्ठ, फर्पिङ बस्ने बुद्ध वीर तामाङ, मिलन थापा मगर, रामेछाप शैलुङ दोरम्बा गाउँपालिका –१ का निरज थापा मगर, विशाल थापा मगर र सचिन विश्वकर्मा छन् ।

उनीहरूले ढोका फोडी नगद, मोबाइल तथा सुन चाँदीका गर–गहना चोरी गर्दै आएको खुलेको छ । उनीहरूले गोकर्णेश्वर नगरपालिका– ६ नारायणटारको एक घरबाट चोरी गरेको खुलेको छ ।उनीहरूले चोरी गरेका मोबाइलहरू नयाँ बानेश्वरस्थित अमित बहादुर श्रेष्ठको मोबाईल पसलमा बिक्री गरेको तथा सुनका गर–गहनाहरू काठमाडौं महाराजगञ्जस्थित पञ्चरत्न सुनचाँदी पसलमा लगी सचिन विश्वकर्मालाई बिक्री गरेको खुलेको छ । उनीहरूको साथबाट मोबाइल, सुनका सिक्री, ब्रासलेट, औँठी, लकेट लगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्