रामेछापको बान्द्रेमा पहिरो,मन्थली–खिम्ती सडक खण्डमा यातायात अवरुद्ध



२७ असार, रामेछाप ।
भारी बर्षासँगै मन्थली–खिम्ती सडक खण्डको तिल्पुङ छागा र बान्द्रेमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । आज दिउसो लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङ क्षेत्रमा परेको भारी बर्षासँगै सडक अवरुद्ध भएको हो ।

मन्थली नगरपालिका–२ बान्द्रेमा खसेको पहिरो पन्छाउन तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार माथिबाट देलो खसेको कारण अवरुद्ध भएको सडकको अवरुद्ध हटाउन जेसेभी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्