लुभुघाट बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ५ लाख दिने सहमति



२८ असार, रामेछाप ।
यही असार २१ गते रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा बस दुर्घटनामा परी निधन भएका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ । लुभुघाट बस दुर्घटनामा परी निधन भएका १३ जनाका परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको हो । बस दुर्घटनामा परी रामेछापका ९ जनासहित १३ जनाको ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा बसेको अरनिको यातायात प्रा.लिका प्रतिनिधि, सुनापति गाउँपालिकाका जनप्रतिधिको छलफलमा मृतकका परिवारलाई राहत दिन प्रा.लि तयार भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिरहेका बस दुर्घटनाको घाइतेहरुको उपचार पनि प्रा.लि नै बेर्होरेको छ ।

प्रतिक्रिया दिनुहोस्