दोलखाबाट काठमाडौं हिडेकी किशोरी बाटोमै बलत्कृत



२८ असार, काठमाडौं ।
दोलखाबाट काठमाडौं हिडेकी एक किशोरी ड्राइभरबाट बलत्कृत भएकी छिन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा. १ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पु¥याइदिने भनि बहाना बनाई चन्द्रगिरी नगरपालिका–७ थानकोटमा पार्किङ गरी सोही टिपर चालकले शुक्रबार राति जबरजस्ती करणी गरी टिपर समेत छाडी फरार भएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई आज कलंकीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौंले पक्राउ परेका नेपालीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्