रामेछापका सुवेदी डिएसपीबाट एसपीमा बढुवा



२९ असार, रामेछाप ।
नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम रहेको छ ।
त्यसैगरी रामेछापका नरेशराज सुवेदी पनि डिएसपीबाट एसपीमा बढुवा भएका छन् । रामेछाप मन्थली नगरपालिका निवासी एसपीमा बढुवा हुन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्