रामेछापमा एक बर्षमा ११ हजार सवारी साधनमाथि कारवाही, एक करोड भन्दा बढी राजश्व संकलन



३१ असार, रामेछाप ।
रामेछाप जिल्लामा यस आर्थिक बर्षमा ११ हजार ९५० सवारी साधनमाथि कारवाही भएको छ । ट्राफिक नियम विपरीत सवारी साधन चलाउने चालकमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अभियानकै रुपमा अघि बढाएको छ । साना ठूला गरी ११ हजार ९५० सवारी साधनमाथि कारवाही गरेर ट्राफिक प्रहरलिे १ करोड ७ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज चन्द्र कुमार फाँजु श्रेष्ठले नियम विपरीत सवारी साधन सञ्चालन गर्नेमाथि आफूहरुले अभियानकै रुपमा कारवाही अघि बढाएको रामेछाप न्युजलाई बताए । उनका अनुसार रामेछापको मुख्य नाका सेलेघाट हुँदै दैनिक दुई सय भन्दा बढी सवारी साधन आउने जाने गरेका छन् ।
जिल्ला प्रवेश गर्ने नाकाहरुको संख्या बढेपनि जिल्लामा ट्राफिक जनशक्ति भने निकै कमी रहेको छ । जिल्लामा हाल १० जना मात्र ट्राफिक प्रहरी कार्यरत छन् । श्रेष्ठका अनुसार जिल्लाका सबै नाकाको लागि अझै १२ जना भन्दी बढी जनशक्तिको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्