रामेछापको दुई विद्यालयमा सुरु भयो राष्ट्रिय सेवा दलकाे तालिम (फोटोफिचर)



१ साउन,रामेछाप ।
विद्यार्थीलाई समाजप्रति उदत्तरदायी बनाउने मुख्य उदेश्यसहित नेपाली सेनाको राष्ट्रिय सेवा दलले रामेछापको दुई विद्यालयमा जुनियर डिभिजन प्रशिक्षण सुरु गरेको छ । रामेछाप नगरपालिकाको श्री मावि र मन्थली माविका ३६/३६ जना गरी ७२ जना विद्यार्थीलाई प्रशिक्षणमा सहभागी भएका छन् ।

अनुशासन नै राष्ट्र सेवाको मुल जड हो भन्ने आर्दश बाक्य बोकेको राष्ट्रिय सेवा दलको जुनियर डिभिजन प्रशिक्षण सुरु भएको श्री नयाँ गोरख गणका गणपति प्रमुख सेनाली विष्णु सापकोटाले बताए ।आज एक कार्यक्रमकोबीच एनसीसीको प्रशिक्षणको सापकोटाले शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गणपति सापकोटाले विद्यार्थीले यस कार्यक्रमबाट अनुशासन, देशभक्ति, इमान्दारिता बफादारिता नेतृत्व क्षमताको विकास हुने बताए । उनले विद्यार्थीमा आत्मविश्वास, आत्मरक्षा तथा अन्य विषयमा महत्वपूर्ण ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे । सापकोटाले यस प्रशिक्षणमा उत्कृष्ट हुने विद्यार्थीहरुले युथ एक्सचेन्ज प्रोग्राम अन्तर्गत विभिन्न देशहरमा भ्रमणको अवसर पाउने बताए । साथै प्रशिक्षण कार्यक्रम अन्र्गत उत्कृष्ट हुने विद्यालयको प्लाटुनको विधामा ट्रफी र पुरस्कार समेत प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्