गोकुलगंगा गाउँपालिकाले १८ जना करारका कर्मचारीलाई विदा गर्‍यो



३ असार, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले कार्य सम्पादन राम्रो नभएको भन्दै १८ भन्दा बढी काम गर्दै आएका कर्मचारीको नियुक्ती नवीकरण नगरी विदा गरेको छ । गाउँपालिकाको निर्णय अनुसार करार डोर हाजिर गर्दै पालिकामा कार्यरत कर्मचारीकोको म्याद थप नगर्ने निर्णयसँगै स्वतः विदा भएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी सुवेदीद्धारा म्याद थप सम्बन्धी पत्रमा गाउँपालिकामा कार्यरत पशु, प्राविधिक, कृषि प्राविधिक,नगर प्रहरी, सवारी चालक र डोर हाजिरमा कार्यरत (गोकुलगंगा अस्पताल) बाहेका कर्मचारीलाई काममा नआउन भनिएको छ ।

गाउँपालिकाले म्याद थप नभएका कर्मचारीहरुको ठाउँमा पदपूर्ति गर्नको लागि पुनः सूचना प्रकाशित गर्ने भएको छ । पालिकाले पालिकाले निकाल्ने सूचनामा जागिरको लागि पुनः आवेदन दिन सक्नेछन । गाउँपालिकाले म्याद थप नगरेका कर्मचारीहरुले राम्रो कार्य सम्पादन नगरेको बताएको छ । यता म्याद थप नभएका कर्मचारीहरुले भने राजनीतिक पूर्वागाह राखेर आफूहरुलाई जागिरबाट निकालिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्