रामेछापमा एक बर्षमा ३६ फरार अपराधी पक्राउ पर्दा ९७ लाख राजश्व संकलन



५ साउन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले एक बर्षको अवधिमा विभिन्न अपराधको घटनामा सजाय पाएर फरार रहेका ३६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

गत आर्थिक बर्षमा प्रहरीले जिल्लाभित्रै रहेका र अन्य जिल्लामा लुकेर बसेका अभियुक्तलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले विभिन्न अपराधमा सजाय पाएका फरारहरुको खोजी कार्यलाई यस बर्ष पनि तीब्रता दिने रामेछाप न्युजलाई बताए । उनका अनुसार पक्राउ परेका ३६ फरार र १२१ जना अभियुक्तबाट ९७ लाख ४२ हजार ११२ रुपैयाँ राजश्व संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्