रामेछापमा कांग्रेस सभापति कान्छारामको विरुद्ध न्याैपानेसहित २५ भाइको मोर्चाबन्दी



८ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापमा चर्किएकाे छ । पार्टीभित्रको विवाद नेताहरुको कारण छताछुल्ल भएको हो । पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छारामको विरुद्ध निर्वतमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेको नेतृत्वमा मोर्चाबन्दी सुरु भएको छ । कान्छारामको कार्यशैली, स्थानीय तहको निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको लगायतका विषयमा असन्तुष्टि जनाउदै न्यौपानेको नेतृत्वमा २५ जना कार्यसमितिका सदस्यहरुले विज्ञप्ती निकालेका छन् । असन्तुष्ट पक्षले कान्छारामलाई दबाब दिन तयार पारेको ज्ञापनपत्र भने सभापतिलाई बुझाउन पाएका छैनन् ।

कान्छरामको कार्यशैलीप्रति स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकामा नगरप्रमुखको टिकट लिएका पार्टीका सचिव विनोद कार्की, खाडाँडादेवी गाउँपालिकामा पार्टीबाट टिकट लिएका उपसभापति नवराज थोकर, पार्टीबाट टिकट लिएर सुनापति गाउँपालिका–१ गुन्सीबाट वडा अध्यक्ष निर्वाचित भएका सह–सचिव धुव्र चौलागाई लगायतका रहेका छन् । यता सभापति कान्छाराम पक्षले पनि पार्टीको विरुद्ध विना कारण विवाद सृजना गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्