रामेछापमा पार्टी जोगाउन कान्छारामको कार्यशैलीको विरोध गरेका हौः लवश्री न्यौपाने



८ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानले पार्टी सभापति कान्छारामको कार्यशैलीको विरुद्धमा पार्टीभित्र आवाज उठाएको बताएका छन् । उनले पटक–पटक कुरा उठाउदा पनि कार्यशैलीमा सुधार नआएकाले दबाब दिनको लागि पार्टीभित्रबाट ज्ञापनपत्र बुझाउन लागिएको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै उनले भने,‘पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ, मनलाग्दी ढंगले सञ्चालन गर्न पाइदैन, सभापतिको बोलीमा लगाम छैन, चुनावमा टिकट वितरणमा ध्यान नपुर्याउदै जित्ने स्थानीय तहमा पनि हार बेर्होन पर्यो ।’

तपाई पनि पार्टीबाटै टिकट लिएर सभापति जित्नु भएको हो नि भन्ने जिज्ञासामा न्यौपानले भने,‘मलाई पार्टीले नै टिकट दिएर निर्वाचन जितेको हुँ, पार्टीलाई विधि विधानमा चलाउनका लागि सभापतिको कार्यशैली सच्याउन जरुरी छ । व्यक्तिगत रुपमा आफूहरुको कुनै असहमति नभएको बताउदै न्यौपानेले सभापतिको मनोमानीको विरुद्ध आवाज उठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्