न्यौपानेलाई कान्छारामको चुनौतीः बहुमत पुर्‍याएर आउनुहोस, तत्काल राजीनामा दिन्छु



९ साउन, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापको विवाद सतहमा आएसँगै  रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामले आफ्नो विरुद्ध वक्तव्यवाजीको नेतृत्व गर्ने निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेलाई बहुमत पुर्याएर अाउन  चुनौती दिएका छन् ।

उनले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि अहिले आएर विना सन्र्दभ संसदीय वोर्ड गठनको विषय उठाउनु गलत भएको बताउदै पार्टीलाई विधि र पद्दती अनुसार नै सञ्चालन गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘केही व्यक्तिहरुको स्वार्थ पूरा गर्नको लागि पार्टी पछि लाग्दैन, मैले पार्टीलाई हानी नोक्सानी हुने गरी कुनै काम गरेको छैन्, विगतमा एउटा स्थानीय तहमा नेतृत्व जितेको कांग्रेसले अहिले तीन वटा स्थानीय तहको नेतृत्व जितेको छ, आफ्नो वडामा चुनाव जिताउन नसक्ने केही नेताहरु मेरो विरुद्धमा लागेको बुझेको छु ।’

पार्टीले टिकट दिएर अहिले लवश्री न्यौपाने रामेछाप नगरपालिकाका नगरप्रमुख हुनुभएको छ, उपसभापति नवराज थोकरलाई पनि खाँडादेवी गाउँपालिकामा पार्टीले टिकट दिएपनि जित्न सक्नु भएन, सचिव विनोद कार्कीलाई मन्थली नगरपालिकाको प्रमुखको टिकट दिदा पनि जित्न नसक्ने, अहिले आएर हारेको रिसाको झोक म माथि पोख्ने यो कुन नैतिकताले दिन्छ ? उनले प्रश्न गरे ।

आफूलाई आगामी प्रतिनिधिसभाको निर्वाचनको टिकट कसरी रोक्न सकिन्छ भनेर अहिलेको प्रोपकाण्ड रचिएको बताउदै सभापति तामाङले भने,‘म माथि लगाइएको आरोप पुष्टि हुने गरी जिल्ला कार्यसमितिमा बहुमत पुर्याएर आउनुहोस, २४ घण्टाभित्र राजीनामा दिन्छु ।’ आफ्नाे वडा र पालिका जिताउन नसक्नेले अहिले मेरो विरुद्ध नारावाजी गर्नु कुनै अर्थ नभएको बताउदै उनले पार्टीभित्र बहस गर्नुपर्ने विषयलाई बाहिर हल्ला गर्नुको अर्थ नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्