रामेछापमा एमालेको ‘एक्सन’ चुनावमा धोका दिनेमाथि साधारण सदस्य पनि नरहने गरी कारवाही (नामसहित)



९ साउन, रामेछाप ।
नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेका नौ जना नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ । स्थानीय पार्टी कमिटीको सिफारिसरमा जिल्ला कमिटीको बैठकले नौ जनालाई कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टीको हित विपरीत चुनावमा विपक्षीसँग तालमेल गरेर पार्टीलाई धोका दिएको भन्दै मन्थली नगर कमिटी सचिव राजु कार्की, सदस्य रवि माझी र गोपाल थापा मगर, लिखु तामाकोशी गाउँपालिका–५ का अम्बर बहादुर खड्कालाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । मन्थली नगरपालिका– १३ मै स्वतन्त्र उम्मेद्वार बनेका तत्कालिन जिल्ला सदस्य भगवती चौहान, सल्लाहकार सदस्य कृष्ण पौडेललाई निष्काशन गरिएको पार्टीका उप–सचिव एवं प्रवक्ता प्रकाश कुमार कार्कीले जानकारी दिए ।

उनका अनुसारमन्थली नगरपालिका– १३ का विदुर चौहान, महेन्द्र पुरी र प्रेम गिरीलाई जिम्मेवारीबाट हटाउदै स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्