अबरुद्ध रामेछापको खैरेनीघाट–दोरम्बा सडक साँझबाट सुचारु



९ साउन, रामेछाप ।
अविरल बर्षाको कारण खाडाँडादेवी गाउँपालिका–१ राकाथुमको बाझोवन सडक खण्डमा पहिरोको कारण अवरुद्ध बनेको खैरेनीघाट–दोरम्बा शैलुङ सडक सञ्चालनमा आएको छ ।

आज दिनभर जेसिबी मार्फत पहिरो पन्छाउने कार्य भएसँगै साँझबाट सवारी साधन सञ्चालनमा ल्याइएको हो । वडा कार्यालय राकाथुमको पहलमा सडकको अवरोध पन्छाइएको हो । राकाथुमका वडा सदस्य जीवन राना मगरले बाझोवनमा पहिरोका कारण अवरुद्ध भएको सडक साँझबाट सञ्चालनमा आएको रामेछाप न्युजलाई जानकारी दिए । दोरम्बा गाउँपालिकाको दोरम्बा शैलुङ जानका लागि यस सडक छोटो दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्