एसईईको नतिजा प्रकाशित कसले कति जिपिए ल्याए ? (विवरणसहित)



११ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा सबै भन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् भने १ दशमलब ६ देखि २ जिपिए ल्याउने परीक्षार्थीको संख्या १ लाख ५ सय ९४ जना रहेको छ ।
परीक्षामा २२ हजार ५ सय ३७ परीक्षार्थीले पुरै परीक्षा दिएनन । त्यस्तै १ सय ३ परीक्षार्थी एसफेल भएका छन् ।

विवरण अनुसार ३ दशमलब ६ देखि ४ जिपिए ल्याउने परीक्षाथीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै ३ दशमलब २ देखि ३ दशमलब ६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४१ हजार ६ सय २७ रहेका छन् । २ दशमलब ८० देखि २ दशमलब २ल्याउनेको संख्या ७९ हजार ९ सय छन् । ९० हजार ७ सय ५८ जनाले २ दशमलब ४ देखि २ दशमलब ८ जिपिए ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्