रामेछाप कांग्रेसको विवादः सभापति कान्छारामको विरुद्ध १९ बुँदे आरोप पत्र लिएर ३१ भाई केन्द्रीय कार्यालयमा (नामसहित)



११ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापभित्रको आन्तरिक विवाद जिल्ला हुँदै केन्द्रीय कार्यालयमा पुगेको छ । पार्टी सभापति पूर्णबहादुर तामाङको विरुद्ध निवर्तमान सभापति लवश्री न्यौपाने र पूर्व सभापति रामचन्द्र खड्काको नेतृत्वमा जिल्ला कार्यसमितका बहुमत सदस्यले सभापति तामाङको विरुद्धमा १९ बुँदे आरोप लगाउदै केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएका छन् ।

असन्तुष्ट समुहले पार्टीको विधिलाई नमानेको भन्दै सभापति कान्छारामलाई बर्खास्त गर्न माग सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । विरोध पत्रमा सभापतिको कार्यशैली लोकतान्त्रिक नभएको अराजनीतिक अभिव्यक्ति दिएको आरोप लगाउदै स्थानीय तहको निर्वाचनमा पनि सभापतको कारण क्ष्ति भएको आरोप लगाइएको छ ।
सभापतिको विरुद्ध पूर्व जिल्ला सभापति, वर्तमान पदाधिकारी महासमिति सदस्यहरु जिल्ला कार्यसमितिक सदस्यहरु नै लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्