म माथि लगाइएको आरोपमा कुनै सत्यता छैनः कान्छाराम



१३ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले आफूमाथि लगाइएको आरोपमा कुनै पनि सत्यता नभएको बताएका छन् । उनले आफू निर्वाचित सभापति भएको बताउदै विधि विधान अनुसार नै पार्टीलाई सञ्चालन गर्दै आएको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै तामाङले भने,‘मेरो विरुद्ध पार्टी कार्यालयमा दर्ता गराइएको १९ बुँदे आरोपमा कुनै पनि सत्यता छैन, यसको सामना गर्न म तयार छु ।’ पार्टीभित्र देखिएको विवादको समाधानका लागि आफूले साउन १७ गते जिल्ला कार्यसमितिको बैठक बोलाइएको बताउदै  उनले पार्टीभित्र उठने जाजय विषयलाई सम्बोधन गरेर अघि बढन तयार रहेको बताए ।

पार्टीबाट टिकट लिएर जित्ने, अनि अहिले मेरो विरुद्ध वक्तव्यवाजी गर्दै हिडन कुन नैतिकताले दिन्छ ? उनले प्रश्न गर्दै भने,‘पार्टीलाई विधिमा सञ्चालन गर्न बाहिर हल्ला पिटेर होइन भित्र बहस र छलफल गर्न तयार हुनुपर्छ ।’ पार्टीभित्र देखा पर्ने समस्याको समाधान पनि पार्टीभित्रैबाट हुन्छ, बाहिर हल्ला गरेर समस्याको समाधान हुन सक्दैन, तामाङले भने ।

प्रतिक्रिया दिनुहोस्