रामेछापमा अवैध रुपमा लगाइएको गाँजा फडानी गर्दै प्रहरी



१३ साउन, रामेछाप ।
लागू औषधको रुपमा रहेको गाँजा सेवन रोक्नको लागि रामेछापमा प्रहरीले गाँजा फडानी अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङको निर्देशनमा खाँडादेवी गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाइएको अवैध गाँजा नष्ट गरिएको हो ।

इलाका प्रहरी कार्यालय खाँडादेवी रामेछापको जिम्मेवारी क्षेत्र अन्तरगत खाँडादेवी गाँउपालीका अन्तर्गत चोप्राङ,गोगनपानि ,खत्रीटोल रायगाँउ,साउटोल, धारापानी,चुल्ठेपानी,चारघरे चरी ,राकाथुम , चपाडीमा गाँजा खेती नष्ट गरिएको छ ।

त्यसैगरी सुनापति गाउँपालिका अन्तर्गत खनियापानि, भिरकोट,रुपाकोट, बेथान, पानीट्याङ्की लगायतका स्थानमा पनि पहरीले गाँजा नष्ट गरेको छ । प्रहरी निरीक्षक तेज प्रसाद कंडेलको नेतृत्वमा खटिएको ० जनाको प्रहरी टोलिले अबैध रुपमा लगाइएका करिब ४ हजार ४०० बोट गाँजा फडानि गरी नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्