चोरी मुद्दामा जेल सजाए सुनाएपछि फरार रहेका रामेछापका तीन भाई प्रहरीको फन्दामा



१८ साउन, रामेछाप ।
विभिन्न चोरीको घटनामा सजाय पाएर फरार रहदै आएका रामेछापका तीन जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ परेको छ । रामेछाप जिल्लाको बिभिन्न स्थानमा बस्ने तीन जनाकालाई जिल्ला अदालतबाट जरिवाना फैसला भईपछि हालसम्म फरार रहेकोमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । रामेछापबाट खटिएको प्रहरीले काठमाडौंमा विभिन्न ठाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा जिल्ला अदालतबाट चोरी मुद्दामा सज १ बर्ष ९ दिन कैद र रु ६ लाख ९६ हजार जरिवाना फैसला गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम बस्ने बर्ष ३१ को तिर्थ कुमार श्रेष्ठ, रामेछाप जिल्ला अदालतबाट चोरी मुद्दामा २१ दिन कैद र ३८ हजार हजार सात सय रुपैयाँ जरिवाना फैसला गरी फरार रहेका जिल्ला रामेछाप नगरपालिका–४ बस्ने बर्ष २२ को अभिषेक खत्री र जिल्ला अदालत रामेछापबाटै चोरी मुद्दामा २० दिन कैद र ३८ हजार ७३७ रुपैयाँ जरिवाना फैसला गरी फरार रहेका रामेछाप नगरपालिका–४ बस्ने बर्ष २२ को राजिब भन्ने सुरेश नेपाली रहका छन् ।

प्रतिक्रिया दिनुहोस्