रामेछाप कांग्रेसमा विवादः उपसभापति थोकरको जिम्मेवारी खोसियो



१८ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापभित्रको विवादको कारण पार्टी उपसभापति नवराज थोकरको जिम्मेवारी खोसिएको छ । पार्टीले बोलाएको बैठकमा सहभागी नभएको भन्दै मंगलवार मन्थलीमा बसेको बहुमत जिल्ला कार्यसमितिको बैठकले उपसभापति थोकरलाई दिएको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी खोस्ने निर्णय गरेको हो ।

उक्त विभागको प्रमुखमा बैठकले उपसभापति लेखबहादुर कार्कीलाई चयन गरेको छ । पार्टीभित्रको विवादलाई लिएर पूर्व सभापति एवं रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेको नेतृत्वमा थोकरसहितका ३१ जना नेताहरुले पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई बर्खास्त गर्नुपर्ने मागसहित केन्द्रीय कार्यालयमा आरोप पत्र दर्ता गराएका छन् ।

बैठकमा बोलाउदा पनि सहभागी नभएपछि पार्टीको महत्वपूर्ण विभागलाई अघि बढाउन उपसभापति थोकरको जिम्मेवारी कार्कीलाई दिने निर्णय गरेको सभापति तामाङले रामेछाप न्युजलाई बताए । थोकरलाई स्थानीय तहको निर्वाचनमा पार्टीले खाँडादेवी गाउँपालिकाको अध्यक्षको उम्मेदवारको टिकट दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्