जिम्मेवारी खोजिएपछि उपसभापति थोकरले सभापति कान्छारामलाई भने–पार्टी तपाईको निजी सम्पत्ती होइन



१९ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका उपसभापति नवराज थोकरले प्रशिक्षण विभागको जिम्मेवारी खोसिएपछि सभापति पूर्ण बहादुर तामाङसँग असन्तुष्टि जनाएका छन् । उनले कान्छारामलाई प्रा.लिसँग तुलना गर्दै प्रालि र पार्टी सञ्चालन आकाश–जमिनको फरक रहेको बताएका छन् । आफ्नो फेसबुक पेजमा थोकरले कान्छारामलाई लक्षित गर्दै लेखेका छन–‘प्रालि तपाईको इच्छा आकांक्षा बमोजिम चल्छ त्यहीँ अनुरुप पार्टी चल्न सक्दैन । प्रालि तपाईंको एकल स्वामित्व भएकोले तपाईले जे गर्दा पनि भयो पार्टी एकल स्वामित्वमा रहेको निजी सम्पत्ति होइन ।’
पार्टीले सिद्धान्त,विचार ,सगंठन साथै करोडौं जनताको सपना बोक्ने बताउदै उनले भनेका छन,त्यसकारण इतिहासमा प्रष्टनै छ निरंकुश प्रवृत्तिको आयु छोटो नै हुनेगर्छ ।
पार्टी नेतृत्वले समर्थक र आलोचक दुबैलाई एकीकृत गर्ने सामर्थ्य राख्नुपर्छ । समर्थकको वरिपरि रमाउने नेतृत्व पार्टी र संगठन निमित्त घातक सावित हुनेछ, उनले लेखेका छन् । मंगलवार बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापति थोकर बैठकमा सहभागी नभएको भन्दै यसअघि उनले सम्हाल्दै आएको संगठन विभाग प्रमुखको जिम्मेवारी खोसेर अर्का उपसभापति लेखबहादुर कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्