रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिकाका फुवठिले शेर्पा सगरमाथाको चुचुरोमा



१९ साउन, रामेछाप ।
रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका– १ डडुवाका फुवठिले शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । ट्रेकिङ्ग क्षेत्रमा विदेशी पर्यटकको सहयोगीको जिम्मेवारी सम्हाल्दै हाल दक्ष क्लाइम्बिङ गाइडको भुमिका निर्वाह गर्दै सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । उनले २०७९ जेठ ३१ गते सफलतार्पूक हिमाल आरोहण गरेर फर्किएका छन् ।

बुबा कुस्तेम्बा शेर्पा र आमा किडोमा शेर्पाको कोखवाट २०४८ साल असोज २९ गते डडुवामा जन्मिएका शेर्पा २०६४ साल १८ बर्षको उमेर देखि रोजगारको शिलशिलामा पर्यटन क्षेत्रमा लागेका हुन  । उनले साना तिना धेरै हिमालका पिकहरु आरोहण गरिसकेका छन भने एक पटक सगरमाथाको ८५०० को उचाइमा पुगि फर्केका थिए ।
सगरमाथा आरोहण बेस क्याम्प वाट मात्र ६ दिनमा पुरा भै सक्छ भने राजधानीबाट सरदर ४० दिनमा पुरा हुन्छ । पर्यटकलाईप्रति पर्यटक १ क्लाइम्विङ गाइड व्यवस्था गरिएको हुन्छ, उनले भने ।

नेपाल पर्वतरोहण क्षेत्रमा क्लाइमबिङ्ग गाइड दक्षता हासिल गरेका गाइडहरु विदेशी हिमाल आरोहणमा पनि जाने गर्छन । शेर्पा भन्छन आफ्नै देशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथामा विदेशी पर्यटकहरु सफलतापुर्वक सफल आरोहण गरि विदाइ गर्नु पाउनु नै खुसीको विषय हो ।’ पर्यटन क्षेत्रमा दोरम्बा शैलुङ्ग गाउँपालिका रामेछापले मात्र नभै राज्यलाई नै एक दार्बिलो जनशक्ति उत्पादन हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्