यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई बर्खास्त गर्ने मन्थली माविको निर्णय



२१ साउन, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाको मन्थली माविमा अध्यायपन गराउने एक शिक्षकले विद्यालयमा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले बर्खास्त गर्ने निर्णय गरेको छ । तीन महिना अघि मात्र मन्थली माविमा विज्ञान विषय पढाउनका लागि नियुक्त भएका शिक्षक कैलाली घोडाघोडी गाउँपालिका निवासी लोकबहादुर विष्टले गलत नियतले छात्रामाथि दुव्र्यवहार गरेको आरोपसँग फरार भएपछि विद्यालयले हटाउने निर्णय गरेको हो ।

आरोप लागेका शिक्षकलाई पक्राउ गर्नको लागि विद्यालय व्यवस्थापन समितिले जिल्ला प्रहरी कार्यालय रोमछापमा उजुरी समेत दर्ता गराएको छ । यसैबीच आरोप लागेका शिक्षकले पनि इमेलबाट विद्यालय व्यवस्थापन समितिलाई राजीनामा पत्र बुझाएको बताइएको छ । विद्यार्थीहरुले भने फरार रहेका शिक्षकलाई तत्काल पक्राउ गर्न माग गर्दै आएका छन् ।

मन्थली माविका प्रअ टंक प्रसाद दाहालले विद्यालय व्यवस्थापन समितिले आरोप लागेका शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरेको रामेछाप न्युजलाई बताए । उनले आफूहरु सदैव विद्यार्थीको पक्षमा रहेको बताउदै गलत काम गर्ने जो कोहीलाई कारवाही गर्न पछि नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्