रामेछापमा प्रहरीको सक्रियताः एकै पटक मोटरसाईकल चोर्ने १० जना पक्राउ (नामसहित)



२२ साउन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले चोरी भएका मोटरसाईकल खोजी गर्ने कार्यलाई अभियानकै रुपमा सुरु भएको छ । मोटरसाईकल हराएको सूचनाको आधारमा प्रहरीलले अभियान नै बनाएर जिल्लाभित्र र अन्य जिल्लामा पनि प्रहरी परिचालन गरेको हो । एक साताको अवधिमा प्रहरीले चोरी भएका मोटरसाईकलसहित १० जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले मोटरसाईकल हराएको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित चोरीमा संलग्न १० जनालाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार मोटरसाईल चोरीमा घटनामा पक्राउ परेकाहरुलाई थप अनुसन्धान गर्ने क्रम सुरु भएको छ । प्रहरीले बा. प्र. ०२–०३३ प ३९४५, बा.प्र. ०२ ०२२ प ३५२०, बा.प्र. ०२ ०१५ प ५४७८ र प्रदेश ३ ०२ ०२९ प ९६१२ नम्बरका मोटरसाइकलहरू सहित १० जनालाई पक्राउ गरेको छ । डिएसपी थिङका अनुसार तीन जनालाई रामेछापबाटै र सात जनालाई अन्य जिल्लाबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

यी हुन पक्राउ पर्नेहरु
रामेछाप खाँडादेवी गाउँपालिका–६ माकादुमका रामचन्द्र बुढाथोकी, सोही वडाका सौरभ बुढाथोकी, सर्लाही हरिपुर गाउँपालिका–६ का ज्ञासोधिम मन्सुर (सौरभ बुढथोकीको मोटरसाईकल वर्कशपमा काम गर्ने) खाँडादेवी गाउँपालिका–२ हिलेचौर बस्ने सुवास तामाङ, सोही वडाका राजन योञ्जन, ललितपुर ललितपर महानागरपालिका– ६ पोकुबाहाल बस्ने लक्की शाक्य, म्याग्दी दरवाङ्ग गाउँपालिका घर भई हाल ललितपुर बस्ने विशेष राउत, खाँडादेवी गाउँपालिका–२ चुल्ठेपानीका घनश्याम कार्की, गोकुलगंगा गाउँपालिका–।४ बेतालीका बिनोद मग्राती र नुवाकोट दुप्चेश्चर गाउँपालिका– ४ दुप्चेका रामशरण दमाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्