काठमाडौंमा महिलालाई लडाएर लुटपाट गर्ने रामेछापका दर्जी पक्राउ



२२ साउन, काठमाडौं ।
राजधानी काठमाडौंमा बाटोमा हिडिरहेकी एक महिलालाई लडाएर लुटपाट गर्ने रामेछापका एकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं बालाजु कुमारीस्थानको बाटोमा हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा सवार अपरिचित दुई जनाले धक्का दिएर लडाइ मोबाइल र नगद चोरी गरेका दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा नगरापलिका–३ बस्ने २५ वर्षीय सागर दर्जी र काठमाडौं तारकेश्वर नगरपालिका–९ का १९ वर्षीय अमिर महर्जन रहेका छन् । दर्जी र श्रेष्ठको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, गाँजाको धुलो ५५१ ग्राम र २२० सीसीको पल्सर बाइक १ थान पनि बरामत गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
उनीहरूलाई साउन २० गते बेलुका मनमैजु र बानियाँटारबाट प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्