रामेछापमा माओवादीले पार्टीभित्रका अन्र्तघातीको खोजी गर्ने



२५ साउन, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले स्थानीय तहको निर्वाचनमा अन्र्तघात गर्नेको खोजी गरेर कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पार्टीभित्रका केही नेताहरुको असयोगको कारण जित्ने ठाउँमा पनि निर्वाचनमा पराजित भएको निष्कर्ष निकाल्दै माओवादीले अन्र्तघात गर्नेहरुको पहिचान गर्ने निर्णय गरेको हो ।

निर्वाचनको क्रममा दोरम्बा शैलुङ गाउँपालिकामा आफ्नै पार्टीभित्रबाट अन्र्तघात भएको भन्दै गाउँ कमिटीले एक दर्जन भन्दा बढी नेताहरुलाई कारवाहीको लागि जिल्ला समन्वय समिति समक्ष सिफरिस गरेको छ ।बुधवार सदरमुकाम मन्थलीमा बसेको जिल्ला समन्वय समितिको विस्तारित कार्यालय बैठकले आगामी संघ र प्रदेशको निर्वाचनको लागि पार्टी संगठनलाई सुढृढ बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

माओवादी रामेछापका नेता प्रेम कुमार कार्कीले आगामी भदौ १ गतेदेखि १२ गतेसम्म पार्टी कमिटीका बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताए । गत स्थानीय तहको निर्वाचनमा दोस्रो बनेको माओवादी यस पटक भने तेस्रो बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्