म फरार भएको छैन, अनुसन्धानमा सहयोग गर्न तयार छुः वडाअध्यक्ष सुनुवार



२६ साउन, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितिका वडाअध्यक्ष मान बहादुर सुनुवारले आफू फरार नरहेको बताएका छन् । उनले दोहोर्याएर नागरिकता लिने युवतीसँगै वडा सचिव पक्राउ परेको बताउदै आफू फरार नभई सदरमुकाम मन्थलीमै रहेको बताएका हुन् ।

सुनुवारले रामेछाप न्युजसँग भने,‘नागरिकताको लागि वडा सचिवले तयार पारेको कागतजातमा मैले सनाखत गरेको हो, नियतवंश दोहोर्याएर नागरिकता लिन खोजेको देखियो, हामी अनुसन्धानको लागि सहयोग गर्न तयार छौ, यस प्रकरणमा वडा सचिव पनि निदोष हुनुहुन्छ ।’
घटनाको विषयमा प्रहरीलाई सहयोग गर्न आफू तयार रहेको बताउदै गलत काम गर्नेलाई कानुन अनुसार सजाय हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्