रामेछापमा एमालेबाट संघकाे चुनावमा कैलाश ढुंगेल लड्ने तयारी



२६ साउन, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कैलाश ढुंगेल लड्ने तयारी थालेका छन् । बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका उनले यस पटक संघतर्फ निर्वाचन लडने तयारी गरेका हुन् ।
गत निर्वाचनमा रामेछापको प्रदेशको ‘ख’बाट निवार्चित भएका ढुंगेलले आगामी निर्वाचनमा संघमै चुनाव लडन् तयारी थालेको एमाले रामेछापका एक नेताले रामेछाप न्युजलाई बताए । उनका अनुसार बागमती प्रदेशको अर्थमन्त्री हुँदा रामेछाप जिल्लामा विकास निर्माणको काममा राम्रो काम गरेको र आगामी संघीय निर्वाचन जितेर थप रामेछापको विकास गर्नको लागि जिल्ला तहबाट संघमा निर्वाचन लडन नेताहरुले सुझाव दिएका छन् ।
रामेछापमा विगतको सांगठानिक अवस्थालाई धेरै सुधार गर्न गर्न सफल भएका ढुंगेलले हाल जिल्ला इन्चार्ज भएर संगठनलाई बलियो बनाएको ती नेताले बताए ।
स्थानीय तहको निर्वाचनमा केही स्थानीय तहमा सत्तारुढ दलको गठबन्धन हुँदा पनि खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र उमाकुण्ड गाउँपालिकाको नेतृत्व जित्न सफल भएको थियो ।
एमालेले खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका, दोरम्बा शैलुङ गाउँपालिका, उमाकुण्ड गाउँपालिकालाई भोट बैंकको रुपमा लिएका छ । लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका र सुनापति गाउँपालिकामा पार्टीको उपस्थिति विगतको भन्दा सुधार भएको एमालेको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्