लोकतान्त्रिक शेर्पा संघ नेपालको अध्यक्षमा रामेछापका शेर्पा निर्वाचित



२८ साउन, काठमाडौं ।
नेकपा एमाले निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट रामेछाप निवासी नाम्गेल लामा शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा आङकाजी शेर्पा, उपाध्यक्षहरूमा क्रमशः पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङावा निमा शेर्पा, र ल्हाक्पा शेर्पा पनि सर्वसम्मत निर्वाचित भएका छन् । महासचिवमा आङ पेम्बा शेर्पा , उपमहासचिवमा मिग्युर शेर्पा, कोषाध्यक्षमा लामबाउ शेर्पा निर्वाचित भएका छन् ।

शेर्पा केही समय अघि मात्र नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्