रामेछापमा दोहोर्‍याएर नागरिकताका लागि सिफारिस गर्ने वडाअध्यक्ष सुनुवार पक्राउ



२९ साउन,
रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति निवासी निर्मला बस्नेतले नाम तथा जन्म मिति  परिवर्तन गरी दोहोरो जन्म दर्ता गरेर दोहोरो नागरिकता लिनको लािगग सिफारिस गर्ने वडाअध्यक्ष मान बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई घटनाको विषयमा अनुसन्धान गर्न आज पक्राउ गरेको हो । प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने निर्मला बस्नेत र दोहोरो जन्म दर्ता गर्न सूचना दिने उनकी आमा दिल कुमारी बस्नेत र वडा सचिवलाइ यसअघि नै प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले वडाअध्यक्षमाथि अनुसन्धान सुरु भएको बताएको छ । प्रहरीले नक्कली जन्म दर्ता बनाउने वडा सचिवलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दोहोर्याएर नागरिकता लिन खोज्ने निर्मलाको कारण हाल उनकी आमा, वडाअध्यक्ष र वडा सचिव प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्