यी हुन रामेछापमा निर्वाचनको खर्च नबुझाउने उम्मेदवार र जनप्रतिनिधिहरु (नामसहित)



17:38:17२ भदौ, रामेछाप ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले स्थानीय तहको निर्वाचनमा भएको भएको खर्च विवरण नबुझाउने उम्मेदवार र निर्वाचित जनप्रतिनिधिहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयले पटक पटक निर्वाचनको खर्च वितरण बुझाउन गरेको आग्रहलाई अटेर गरेपछि वितरण नबुझाउनेहरुको नाम सार्वजनिक गरेको हो । कार्यालयले सार्वजनिक गरेको विवरणमा अधिकाशं जनप्रतिनिधिहरुले निर्वाचन खर्च बुझाएका छैनन् ।
स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी १२ सय ५९ जनाले उम्मेदवारी दिएका थिए । आठ स्थानीय तहका प्रमुख उपप्रमुख र ६४ वटा वडामा गरी ३३६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्