रामेछापको ठोसेमा भिषण बाढी पहिरोः पाँच घर बगायो



२ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अविरल बर्षासँग आएको बाढी पहिरोको कारण पाँच वटा घर बगाएको छ । आज साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारण पाँच घर बगाएको हो । अविरल बर्षाको कारण ठोसेमा पाँच वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापलका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाई बताए । उनका अनुसार घर बगाए पनि मानविय क्षति भने भएको छैन् । क्षतिको विवरण आउन बाँकी रहेको थिङले जानकारी दिए ।

ठोसे एकामफेदी बाहुन टोलका सन्तोष सन्तोष रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर बगाएको छ भने ज्ञान बहादुर रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर, बगाई पूर्ण क्षति भएको छ । रमेश रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर बगाएको छ भने हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईको ढुङ्गा माटोले बनेको एकपाखे भान्सा घर भत्किएको प्रहरीले बताएको छ । प्रहरीका अ ुनसार धनलक्ष्मीगुरागाईको ३ वटा बाख्रा समेत घर भत्किदा पुरेर मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्