ठोसेमा बाढी पहिरोः ५० लाख भन्दा बढीको क्षति



३ भदौ, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेस्थित एकामफेदीमा शुक्रवार आएको बाढी पहिरोको कारण पचास लाख भन्दा बढीको क्षति भएको छ । बाढीको कारण नाडिङ खोल्सामा पहिरो र लेदोसहित बाढी आउदा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा बाढीले क्षति पुर्याएको छ । घरसँगै बाढीबाट दुई वटा ट्राउट माछा फममा ठूलो क्षति भएको छ ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले बाढी पहिरोबाट पचास लाख भन्दा बढीको क्षति भएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार बाढीबाट विस्थापित परिवारले आज गाउँपालिकाले आवश्यक राहतको सामाग्री वितरण गरिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्थलीबाट पीडित परिवारको लागि भाडाभर्तन एक सेट, चालम, तेल त्रिपाल म्याटे«क्स लगायतका सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्