रामेछापमा बाढीबाट ३२ लाखको ट्राउट माछा मर्‍यो



४ साउन, रामेछाप ।
गोकुलगंगा गाउँपालिका–१ ठोसेको च्याङवा टोलमा रहेको फाडु खोलामा आएको बाढीले करिब ३२ लाख बराबरको ट्राउन माछा परेको छ । बाढीको लेदो पानी ट्राउट माछा फर्ममा पसेसँगै उक्त क्षति भएको हो ।

च्याङवा टोलमा रहेको कोप्चे घट्टे खोलाको बाढीले गौरीशंकर फिसरी रिसर्च एण्ड डेभलभमेण्ट सेन्टर प्रालिका संचालक देबकुमार तामाङले सञ्चालन गर्दै आएको को माछा फर्ममा रहेका सानो ठुलो गरी १७ सय ४०० ओटा माछा मर्दा २५ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले कोप्चे घट्टा खोलाको बाढी सप्तभुमि रेम्बो ट्राउट माछा प्रा.लिमा पस्दा ८०० सय माछा मर्दा ८ लाख बराबरको क्षति भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्