रामेछापको प्रतिनिधिसभा टिकटमा एकीकृत समाजवादीको पनि दावी, तीन जनाको नाम सिफारिस



४ साउन, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको टिकटको लागि सत्ता गठबन्धनमा आबद्ध तेस्रो दल नेकपा एकीकृत समाजवादीले पनि दावी प्रस्तुत गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस र माओवादीले प्रतिनिधिसभा टिकटका लागि आ–आफ्नै दावी गरिरहेको बेला एकीृकत समाजवादीले पनि टिकट पाउनु पर्ने माग राखेको हो ।

शनिवार सदरमुकाम मन्थलीमाा सम्पन्न जिल्ला कमिटीको बैठकले पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देबशंकर पौडेल, पोलिटब्युरो सदस्य होम बुढाथोकी र केन्द्रीय सदस्य शान्ता सापकोटालाई प्रतिनिधिसभा टिकटको लागि नाम सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष रमेश वस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्