बैकिङ कसुर मुद्दामा फरार लिखुतामाकोसी गाउँपालिकाका खड्का मन्थलीबाट समातिए



६ भदौ, रामेछाप ।
बैकिङ कसुर मुद्दामा फरार रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का कृष्ण बहादुर खड्का मन्थलीबाट पक्राउ परेका छन् । दोलखा मेलुङ घर भई हाल मन्थलीमा बस्दै आएका सुजुकी कार्कीले जाहेरी गरेको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो । प्रहरीले बिषेश सुचनाको आधारमा मन्थलीको सानिमदौबाट पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्