सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका कर्मचारीले थाले आन्दोलन



५भदौ, रामेछाप ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत रहेको स्थानीय पूर्वाधार विकास विभाग (डोली)लाई विना आधार सहरी विकास मन्त्रालयमा गाभिएको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका कर्मचारी आन्दोलित भएका छन् । एउटै प्रकृतिको मन्त्रालय अन्तर्गत अर्को पनि विभाग खडा हुँदा कर्मचारीको वृत्ति विकासमा नै असर पर्ने भएकाले शहरी विकास मन्त्रालयका कर्मचारीले देशभर आन्दोलन थालेका हुन् । सरकारले चालु आर्थिक बर्षको बजेट वक्तव्यमा डोलीलाई खारेज गर्ने निर्णय विपरीत सहरी विकास मन्त्रालयमा भाग्ने निर्णयको विरुद्धमा  सहरी मन्त्रालयका कर्मचारी विराेधमा उत्रिएका छन् ।
आयोजनाका प्राविधिकहरुले सोमबार मन्थलीमा रहेको कार्यालयको गेटमा कालो ब्यानरसहित मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोध गरेका हुन् । बजेट वक्तव्यमा खारेज गर्ने विभागलाई सरकारले साउन १९ मा डोलीलाई शहरी विकास मन्त्रालय मातहत ल्याउने निर्णय गरेको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख सुरेशकुमार वाग्ले सहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा माग संवोधनको लागि ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्