सुनकोसी तेस्रो जलविद्युत आयोजनाले देशको मुहार फेर्छः कुलमान घिसिङ



७ भदौ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोसी तेस्रो जलायशयुक्त जलविद्युत आयोजनाले देशको मुहार फेर्ने आयोजना रहेको बताएका छन् । उनले ६८३ मेगावाट जलविद्युत उत्पादन हुने आयोजना देश र स्थानीयको लागि मुहार फेर्ने महत्वपूर्ण आयोजना भएको बताएका हुन् ।
बंगलादेशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानसहितको टोलीलाई सुनकोसी तेस्रो जलविद्युत आयोजना स्थल अवलोकन गराउन रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको लुभुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले आयोजना अघि बढने विश्वास व्यक्त गरे ।
उनले भने,‘सुनकोसी तेस्रो जलविद्युत आयोजना निकै फलदायी आयोजनाको रुपमा रहेका छ, यसलाई निर्माण गर्न सके देशको समृद्धिको लागि ठूलो योगदान दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्