रामेछापमा दुम्सी मारेर सिन्धुली लिएर हिडेका दुई भाई सित्खाबाट पक्राउ



८ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा दुम्सी मारेर मोटरसाइकलमा सिन्धुलीतर्फ लैजानै गर्दा खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा नाकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सित्खाबाट सिन्धुलीको सुनकोसी गाउँपालिका तर्फ जाने क्रममा मोटरसाइकल पछि बोरामा राखेको सामाना चेक गर्ने क्रममा मारेर ल्याएको दुम्सी फेला परेको थियो ।

मृत वन्यजन्तु दुम्सी फेला पारेको हुदा उक्त मोटरसाईकल,दुम्सी र मोटरसाईकल सिन्धुली सुनकोसी गाउँपालिका–५ का २० बर्षिय अनिल भन्ने गिताजंग थापा र सोही मोटरसाइकलको पछि बसेका २३ बर्षिय नारायण कार्की समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरकिा अनुसार मृतक दुम्सी सहित आवश्यक कारवाहीको लागी वन डिभिजन कार्यालय रामेछापमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्