अस्पतालबाट भागेका रामेछापका कैदी लुभुबाट पक्राउ



९ भदौ, काठमाडौं ।
अस्पतालमा उपचारका लागि जाने क्रममा भागेका रामेछाप निवासी कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदी रामेछाप घर भएका भोला बुढाथोकीलाई प्रहरीले ललितपुरको लुभुबाट पक्राउ गरेको हो ।

नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको छ । बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । यस विषयमा छानबिन गर्नको लागि गृह प्रहरीले कार्यदल बनाएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्